माइतीघरमा शिक्षकहरुको शक्ति प्रर्दशन

काठमाडौं । शिक्षकहरुले काठमाडौंको माइतीघरमा शक्ति प्रर्दशन गरेका छन् । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकप्रति असहमति जनाउँदै उनीहरुले आज काठमाडौंको माइतीघरमा शक्ति प्रर्दशन गरेका हुन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रेका हुन् ।
सरकारले भने उनीहरुलाई आन्दोलनको बाटो छोडेर वार्तामा आउन आह्रवान गरेपनि शिक्षकहरुले वार्तामा बस्न मानेका छैनन ।
उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको हो ।
संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले गरेको छ ।
दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा शिक्षक महासंघको असन्तुष्टि छ ।

















निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपति लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया