स्वास्थ्य क्षेत्रमा सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे ।
उनले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताए । उनले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेकोसमेत जानकारी दिए । ।
‘अहिले अधिकांश डाक्टर गाउँ गइसक्नुभएको छ,’ मन्त्री बस्नेतले भने, ‘चार भागमा एक भागमात्र कर्मचारी छन, दरबन्दी बढाउनका लागि सरकारले बजेट व्यवस्था गरेको छ तर योबीचमा विशेष बजेटको व्यवस्था गराएर दरबन्दी बढाउने कुरामा मन्त्रालय लागि परेको छ ।’
उनले अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी सुविधासम्पन्न ठाउँमा बस्ने, गाउँ नजाने, काजमा बस्ने, भनसुनका आधारमा बस्ने र मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म काठमाडौँमै बस्ने प्रवृत्तिलाई नियन्त्रण गरेको बताए । उनले मेडिकल बोर्डलाई जथाभावी सिफारिस नगर्न निर्देशन दिएको बताए ।
मन्त्री बस्नेतले दुवै मिर्गौला पीडित भोटेकोशी गाउँपालिका–४ नारायणथानका निवासी तेम्बा छिरिङ शेर्पालाई निःशुल्क उपचारकोे व्यवस्था गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता गरे । उनले भोटेकोशी गाउँपालिकाकै ज्ञानबहादुर श्रेष्ठको मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्न बताए ।
उनले भने, ‘तपाईहरुले मिर्गौला दिने व्यवस्था गर्नुहोस् । निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।’ मन्त्री बस्नेतले उपचारका लागि संकलन गरिएको १२ लाख २६ हजार बिरामीलाई हस्तान्तरण गरेका हुन् ।
स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा सङ्घमा आयोजना गरिएको भेलामा उनले अमेरिका, कोरिया, जापानलगायतका देशमा कार्यरत सिन्धुपाल्चोकवासीबाट सङ्कलन गरिएको ११ लाख ८६ हजार र स्थानीयवासीबाट सङ्कलित ४० हजार गरी जम्मा १२ लाख २६ हजार बिरामीलाई हस्तान्तरण गरे । उनले डायलासिस गराइरहनुभन्दा जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै उनले प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताए ।
भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्वास्थ्य आपत्कालीन कोष खडा गरेर स्थानीयको उपचारमा सहयोग पु¥याउने जानकारी दिए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया