ललित राजवंशीको शल्यक्रिया, एसियन गेम्स गुमाउने
मेरोन्यूज
२०८० असोज ४ गते १२:५६

काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर ललितनारायण राजवंशी घाइते भएका छन् ।
उनको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते भएका ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको छ । उनले कम्तिमा चार हप्ता मैदान बाहिर रहनुपर्ने बताइएकाे छ ।
यससँगै ललितले एसियन गेम्स गुमाउने भएका छन् ।
एसियाली खेलकुदमा पुरुष क्रिकेट यही सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म सञ्चालन हुने तालिका छ । नेपालले सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्दैछ ।
सम्बन्धित















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया