नेप्सेमा ४४.३४ अंकको उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौँ । नेप्सेमा साताको अन्तिम कारोबार दिन उछाल आएको छ । पछिल्लो दुई कारोबार दिनदेखि बढीरहेको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक ४४.३४ अंक बढेर २०२९.७८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ७.५५ फ्लोट इण्डेक्स २.९७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७८ स्टकको १ लाख १९ हजार ३५९ पटकको कारोबारमा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार नेशनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, न्यादी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। इन्स्योरेन्सको यस दिन २० करोड १८ लाख ३६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, रिलायबल नेपाल लाइफको करिब १४ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको साढे १० करोडको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ। कारोबारमा आएका लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया