मानव बेचबिखन आरोपी गौतमविरूद्ध चार कसुरमा मुद्दा

काठमाडौं । अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
सहायक न्यायाधिवक्ता चन्द्र संजेलले गौतमविरूद्ध चार वटा कसुरमा मुद्दा दर्ता भएको जानकारी दिए । मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा मुद्दा दायर भएको सञ्जेलले बताए ।
‘चार वटा छुट्टाछुट्टै फाइलहरू छन्। प्रतिवादीहरू पनि फाइलअनुसार फरक छन्,’ उनले भने।
पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको सञ्जेलले बताए । जसमध्ये गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी बनाइएको छ।
यस प्रकरणमा कमल तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । चार वटै फाइलमा तामाङ पनि प्रतिवादी छन् । यस प्रकरणमा प्रहरीले ज्योति कुँवर, पूर्ण लामा र भरतकुमार काफ्लेलाई पनि प्रतिवादी बनाएको छ । लामा र काफ्ले फरार छन् ।
रूकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका गौतममाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। उनी गत भदौ २० गते पक्राउ परेका थिए। उनीविरूद्ध ब्युरोमा ३५ जनाले जाहेरी दिएका छन्। ३० जना पीडित काठमाडौं र पाँच जना दाङमा छन्।
गौतमसहितको समूहले दुई सय जना बढी नेपाली नागरिकसँग पैसा लिएर अमेरिका पठाइसकेको बयानमा बताएका थिए।
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया