क्यानको अधिवेशनमा मतगणना सुरु
मेरोन्यूज
२०८० असोज ६ गते १६:११

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमितिमा निर्विरोध नभएका पदहरुमा भएको मतदानको मतगणना सुरु भएको छ । सचिव, ५ प्रदेशबाट चयन हुने सदस्य र खुला सदस्यमा भएको मतदानको मतगणना सुरु भएको हो ।
सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ । त्यस्तै पाँच प्रदेशबाट चयन हुने एकरएक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै खुलातर्फका ५ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् ।
क्यानको महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् । क्यानको निर्वाचनमा ८५ जनाले मतदाता छन् ।
सम्बन्धित















नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया