क्यानमा कस्तो बन्यो नयाँ केन्द्रीय कार्यसमिति ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। शनिबार भएको निर्वाचनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो।
जसमा अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उपाध्यक्षमा रोशनकुमार सिंह पनि निर्विरोध निर्वाचित भएका हुन्।
सचिव पदका लागि भने निर्वाचन भएको थियो। सचिवमा नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका हुन्। उनले प्रशान्तबिक्रम मल्ललाई पछि पारेका हुन्। पारस खड्काले ४८ मत पाउँदा प्रशान्तविक्रम मल्लले ३७ मत पाएका थिए। कुल ८५ मत खसेको थियो।
यस्तै कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्।
खुला सदस्यमा धिरेन्द्र सावद, दुर्गाराज पाठक, आयुष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द र करनमहत्रा क्षेत्री निर्वाचित भएका हुन्। क्षेत्री गोलाप्रथाबाट चुनिएका थिए।
कोशीबाट अर्जुन पौडेल, मधेशबाट माधवकुमार कर्माचार्य, बागमतीबाट दिवाकर घले, गण्डकीबाट सुदिप शर्मा, लुम्बिनीबाट प्रदिप मजगैया, कर्णालीबाट श्रीधर केसी र सुदूरपश्चिमबाट विक्रम बिष्ट सदस्य चुनिएका हुन्।
कर्माचार्य गोलाप्रथाबाट चुनिएका थिए। मजगैया र केसी निर्विरोध निर्वाचित भएका थिए।















कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया