सन्दीपको मुद्दा हेर्न न्यायाधीशहरू अनिच्छुक !
विपक्षमा फैसला गर्दा जनमानसमा विरोध हुने र पक्षमा फैसला गर्दा आक्रमणमा परिने दोहोरो दबाबका कारण न्यायधीसहरू पन्छिन थालेका छन्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा न्यायाधीसहरु सुनुवाईमा बस्नै आनाकानीमा लागेका छन् । पटक पटक मुद्दाको पेशी तोकिने, तर पेशी स्थगित हुने क्रम निरन्तर जारी छ । आज आइतबार पनि उनीविरुद्दको मुद्दाको पेशी तोकिएको थियो । तर न्यायाधीस अभावका कारण देखाउँदैं आजका लागि तोकिएको पेशी पनि स्थगित गरिएको छ ।
खासमा उनको मुद्दाको सुनुवाईमा बस्नै काठमाडौं जिल्ला अदालतका न्यायाधीसहरुले आनाकानी गर्न थाल्दा यस्तो हविगत भएको हो । जिल्ला अदालत स्रोतका अनुसार, जुनुकनै न्यायाधीस पनि उनको मुद्दा भनेपछि पहिले नै तर्किन खोज्दा सुनुवाईमै समस्या आउन थालेको छ ।
सन्दीपको मुद्दा जिल्ला अदालतको २८ नम्बर फाँटमा छ । गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो। जिल्ला अदालत काठमाडौंमा ३० वटा फाँट छन् । एउटा फाँटको मुद्दा एकजना न्यायाधीशले हेर्छन् । बिहान कुन फाँटको मुद्दा कुन न्यायाधीशले हेर्ने भनेर गोला तानिन्छ । अदालतमा उपस्थित भएका सबै न्यायाधीशले गोला थुत्छन् । सरुवा भएका न्यायाधीशहरू गोला तान्छन् तर इजालसमा बस्दैनन् । ती मुद्दाको सुनवाइ स्थगित भएको घोषणा गरिन्छ ।
तर सन्दीपको मुद्दामा भने कुनै न कुनै वाहानावाजी बनाएर न्यायाधीसहरु पन्छिहाल्ने क्रम श्रृंखलामै चलेको जिल्ला अदालत स्रोतले बताएको छ ।
आज न्यायाधीस अभाव कारण देखाएर स्थगित गरिएको छ । यो मुद्दाको फैसला नै गत बैशाख ११ गते तोकिएको पेशीमा आउने बताइएको थियो । तर त्यसयता पनि ५ महिना वितिसक्दा पनि लगातार भईरहेको सुनुवाई स्थगितले तत्काल सुनुवाई हुने सम्भाबना टदै जान थालेको छ ।
कहिले कहिले स्थगित ?
काठमाडौं जिल्ला अदालतमा सन्द्यीपविरुद्दको मुद्दाको पहिलो फैसला पेसी गत २०७९ माघ ९ गते न्यायाधीस नारायणप्रसाद दाहालको इजलासमा परेको थियो । उक्त पेसी जिल्ला सरकारी वकिलको कार्यालयबाट स्थगत गराइयो । त्यसपछि माघकै २३ गते न्यायाधीस चन्द्रप्रकाश तिवारीको इजलासमा पेशी तोकियो । उक्त दिनको पेशी पनि जिल्ला सरकारी वकिल कार्यालयले नै स्थगित गरायो ।
२०७९ चैत १३ गते न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी चढ्यो । त्यसदिन पनि मुद्दाको सुनुवाई हुन सकेन । २०७९ चैत २२ गते मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो । छैटौं नम्बरमा परेको उक्त मुद्दालाई अन्तिममा हेर्न नभ्याइने भन्दै स्थगित गराइयो ।
चैत २६ गते फेरि जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा मुद्दाको पेशी चढ्यो । मुद्दामा सुनुवाइ सुरु हुन लाग्दा पीडित पक्षका कानून व्यवसायीले बकपत्रको काम अझै बाँकी रहेको र उनीहरुलाई झिकाउनुपर्ने माग राखे । त्यसपछि न्यायाधीशले उनीहरुको पनि बकपत्र गर्न आदेश गरेका कारण त्यसदिन पनि मुद्दा थप अगाडी बढ्ने ।
त्यसपछि फेरि २०८० वैशाख ११ न्यायाधीश दीपक ढकालको एकल इजलासमा मुद्दा परयो । त्यसदिन पनि त्यक्तिकै थन्कियो । खासमा, गत वैशाख ११ गते नै सन्दीपको मुद्दामा अन्तिम सुनवाइ सुरू भएको थियो । त्यस दिन वादीतर्फका वकिलहरुले तीन घन्टा बहससमेत गरेका थिए । यसरी सुनवाइ सुरू भइसकेपछि समयअभावका कारण त्यस दिन फैसला हुन नसके मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखेर सोही इजलासले बहसलाई निरन्तरता दिनुपर्ने हुन्छ । तर त्यसो गरिएन । न्यायाधीस ढकालले मुद्दालाई हेर्दाहेदैैमा राख्नै चाहेनन । जसकाकारण त्यसदिनको बहस त्यक्तिकै थन्कियो ।
त्यसपछि पनि पटक पटक मिति तोकिए पेशीको । तर सुनुवाई हुन सकेन ।
पछिल्लो श्रृंखलामा ३२ साउनमा पेशी तोकिएको थियो । तर, तोकिएको पेसी बिनासुनवाइ स्थगित गर्ने काम न्यायाधीश राजुकुमार खतिवडाले गरे । त्यसपछि भदौ १० गते पेशीमा राखियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा परयो । पछि फेरि भदौ २१ गते न्यायाधीश सकुन्तला कार्की को इजलासमा मुद्दा परयो । उनले पीडितपक्षको यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गर्ने भन्दै अर्को पेशी भदौ २६ गतेका लागि तोकिदिइन् ।
त्यसदिन पनि पेशी चढेपनि सुनुवाईको पारा उही दोहोरियो । असोज १ गतेका लागि अर्काे पेशी मिति तोकियो । तर त्यसदिन न्यायाधीसहरु धेरैजसो उपस्थित नभएको भन्द्यै मुद्दालाई पेशीमै चढाउने काम भएन । त्यसपछि आजका लागि तोकिएको पेशीमा पनि मुद्दा चढेन । कारण देखाइयो उही, न्यायाधीस अभाव ।
‘सन्दीपको मुद्दामा पेसी तोकिएको आज २९ औं पटक थियो । मुद्दाको फैसला पेसी १७ औं पटक स्थगित भएको छ,’’अदालत स्रोतले भन्यो,–‘न्यायाधीसहरु नै सन्दीपको मुद्दा भन्ने वित्तिकै पन्छिन थालेका छन्। जसकाकारण सुनुवाई हुनै मुश्किल पर्न थाल्यो ।’
किन मुद्दा हेर्न चाहँदैनन् न्यायाधीस ?
खासमा, गत वैशाख ११ गते नै सन्दीपको मुद्दामा अन्तिम सुनवाइ सुरू भएको थियो । त्यस दिन वादीतर्फका वकिलहरले तीन घन्टा बहससमेत गरेका थिए । यसरी सुनवाइ सुरू भइसकेपछि समयाभावका धारण त्यस दिन फैसला हुन नसके मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखेर सोही इजलासले बहसलाई निरन्तरता दिएको भए यो मुद्दाले अहिले फैसला पाइसकेको हुन्थ्यो । तर सम्भावित जोखिम मोल्न न्यायाधीसहरु तयार भएनन ।
एउटा न्यायाधीस जोखिम मोल्न तयार नभएपछि अन्य न्यायाधीसहरु पनि तर्कन थाल्दा यो अवस्था आईलागेको मुद्दा फाँटमा काम गर्ने काठमाडौं जिल्ला अदालतका एक सेस्तेदारले मेरोन्यूजलाई बताए ।
‘सन्दीपको विपक्षमा फैसला गर्दा जनमानसमा विरोध हुने र उनको पक्षमा फैसला गर्दा हुलहुज्ज्जतको आक्रमणमा परिने दोहोरो दबाबका कारण न्यायधीसहरू पन्छिन खोजेको देखिन्छ,’ ती सेस्तेदारले भने । यो मुद्दामा खासगरी काठमाडौं जिल्ला अदालतका न्यायाधीसहरु फणिन्द्रप्रसाद पराजुली, दीपक ढकाल, माधवप्रसाद घिमिरे, केशव प्रसाद घिमिरे, शंकरराज बराल, नारायणप्रसाद दाहाल, शंकरबहादुर राई, राजुकुमार खतिवडा, प्रकाशप्रसाद पण्डित, शकुन्तला कार्की लगायतको इजालसमा मुद्दाको सुनुवाइ तोकिएपनि उनीहरुले बाहनाबाजी बनाउदै सुनुवाई स्थगित गराउदैं आईरहेका छन् ।


















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
प्रतिक्रिया