स्वास्थ्यमन्त्री बस्नेतले मागे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलासँग स्पष्टीकरण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलासँग स्पष्टीकरसण सोधेका छन् । पदीय जिम्मेवारी बहन नगरेको भन्दै तीन दिनको म्याद दिएर मन्त्री बस्नेतले बसौलासँग ४ असोजमा ११ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
बसौलालाई मन्त्रीस्तरीय निर्णय भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । स्पष्टीकरण पत्रमा स्वास्थ्य बीमा ऐन २०७४ को दफा २४ अनुसार बसौलाले काम, कर्तव्य र अधिकारहरु जिम्मेवारीका साथ सम्पादन नगरेको आरोप लगाइएको छ ।
‘स्वास्थ्य बीमाद्वारा पूर्वभुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी जीवन रक्षा गर्नुपर्ने जस्तो अतिसंवेदनशील विषयमा गैरजिम्मेवारीपूर्वक प्रत्यक्ष रुपमा संलग्न भएको पाइएकाले तपाईंलाई स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा ९२० बमोजिम पदबाट किन नहटाउने ? स्पष्टीकरण पत्रमा उल्लेख छ ।
मन्त्रालयले बसौलालाई हटाउनुपर्ने कुनै कारण नभए तीन दिन भित्र सफाइ पेस गर्न पत्रमा भनिएको छ ।
त्यस्तै बोर्ड तथा मातहतका कार्यालयको लेखापरीक्षण समयमै नगराएर बिमितको रकम यकिन नभएको, बोर्डको स्वीकृत दरबन्दी भित्रका पदपूर्ति, रिक्त तथा अन्य अवस्थाको विवरण मन्त्रालयमा उपलब्ध नगराएको, बोर्डको अनुरोधमा मन्त्रालयबाट कामकाजमा गएका कर्मचारीलाई कानुन बमोजिम बरबुझारथको समय समेत नदिई रमाना दिएको तथा मन्त्रालयका जिम्मेवार अधिकारीको निर्णयको अवज्ञा गरेको आरोप स्पष्टीकरणपत्रमा बसौलामाथि लगाइएको छ ।
देशभरि नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा ११ वटा जिल्लामा अझै सञ्चालन गर्न नसकेको, बोर्डका नायव सुब्बा प्रकाशमान केसीले बरबुझारथ नगरेको, बिमितको रकम हिनामिना गरेको र समयमै लेखा परीक्षण गराई श्रेस्ता दुरुस्त नराखेको पनि मन्त्रालयले आरोप लगाएको छ ।
सन् २०२३ को जुन १३ देखि १५ सम्म जर्मनीको बर्लिनमा भएको ग्लोबल फोरम अन अडप्सन सोसल प्रोटेक्सन इन बर्लिन कार्यक्रममा मन्त्रालयको स्वीकृति बेगर भाग लिएको आरोप पनि उनीमाथि छ ।
















पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड
७ हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
मन्त्रिपरिषद् बैठक बस्दै
Aryal elected Speaker of HoR, Senior MP KC congratulates newly-elected Speaker
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया