अन्तरबैंक महिला फुटसल प्रतियोगिता २०८० को उपाधी ग्लोबल आइएमई बैंकलाई

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ ।
संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए । उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो । प्रतियोगितामा महिलातर्फको बिजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ । फाइनल खेलमा ग्लोबल आइएमई बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई २–१ ले हराएको हो । प्रतियोगिता भरी ग्लोबल आइएमई बैंकले आफनो सम्पूर्ण खेलहरुमा सहज जित निकालेको थियो ।
त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन । उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधी पनि जितिन् । साथै, बैंकका तर्फबाट गोल रक्षक केष माया गुरुङ्गले सबै खेलहरुमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई बिजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन् ।
बिजेता ग्लोबल आइएमई बैंकको तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेत्तृवमा लुनिभा भुजुँ, पुष्पा कोईराला, शुभेक्षा बिडारी, राम कुमारी लिम्बु, केष माया गुरुङ्ग र शोभा न्यौपाने सहभागि भएका थिए । टिम ब्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो । टिम प्रशिक्षक सिंहले उक्त प्रतियोगितामा आफ्नो टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका खेलेकी छिन् ।















मध्यपूर्व युद्धका कारण करिब एकहजार ५०० पानीजहाज अलपत्र
मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया