बिहीबार, मंसिर १८, २०८२

कस्ताे छ तपाईंकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल

मेरोन्यूज २०८० असोज ८ गते ६:५५

काठमाडाैं । आज असाेज ०८ गते साेमबार । भदौ शुक्ल दशमी । पञ्चाङ्ग : अतिगंड गर उत्तरषाढा , हरिपरिवर्तिनी एकादशी व्रत । सेप्टेम्बर २५ तारिख २०२३ ।

थाहा पाउनुहाेस् तपाइकाे राशिफल :

मेष : परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । कर्मको प्रतिफल प्राप्त हुँदा मानसम्मान बढ्नेछ । ठूलाबडाको सद्भाव प्राप्त भएमा नबन्ने काम पनि बनाउन सकिने छ ।

वृष : लामो समयदेखि मनमा उठेका विषयवस्तुको परिपूर्ति गर्ने दिन हो । कुनै विशेष ठाउँमा अन्तर्वार्ता दिने हो भने आजको प्रयास फलदायी बन्नेछ ।

मिथुन : आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ ।

कर्कट : आजको दिन अवसरहरूले भरिपुर्ण छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ मिल्नाले सानो प्रयासले तपाईंको कीर्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने समय हो, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ ।

सिंह : ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । कामधन्दामा जीवनसाथी र सन्तानको सहयोग प्राप्त हुनेछ ।

कन्या : अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । नयाँ अनुभव वा ज्ञानप्राप्तिका लागि राम्रो दिन छ ।

तुला : एकान्तमा बस्न पाउने र रमाउने मौका छ, तर समय र स्थान छनौट गर्न गोपनीयता अपनाउनु होला । नयाँ ज्ञान वा कुनै सीप सिक्न दिलचस्पी जाग्नेछ । घरमा सम्पर्क गरी भाइबहिनी वा छोराछोरीका कुरा सुनिदिनु राम्रो हुन्छ ।

बृश्चिक : दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा गम्भीर भएर जानकारी बटुल्न सक्नुहुन्छ । कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक अभियन्ता वा राजनीतिज्ञहरूले आफ्नो प्रयासमा विशेष सफलता पाउन सक्छन् ।

धनु : कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । ज्ञान, अनुभव वा सीपको भरपूर प्रयोग गरिने छ। धन बढाउन गरिएको प्रयास सफल हुनेछ वा ऋण उठाउने वा फसेको धन उकास्ने समय छ । मुखका माध्यमबाट पनि कुनै अवसर फुत्काउन सक्नुहुन्छ ।

मकर : धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । कार्यक्षेत्रमा आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो ।

कुम्भ : कारोबारमा लगानी बढाउनुपर्ने समय छ । आज थप आयस्रोत कसरी बढ्छ भनी चिन्तन गर्ने समय हो । ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ ।

मीन : कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्। कार्यक्षेत्र वा व्यवसाय दुबै पक्षमा सफलता प्राप्त हुनेछ । पुराना सहकर्मीसँगको भेटघाटले मन खुसी हुनेछ ।

प्रतिक्रिया