कोशीमा एमालेका थप ४ मन्त्री थपिँदै
अबको १२ दिनमा विश्वासको मत लिनुपर्ने कोशीका मुख्यमन्त्रीले आज क्याबिनेट विस्तार गर्न लागेका छन्

विराटनगर । सरकारको घनचक्कर लगाईरहेको कोशी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज आफ्नै पार्टी एमालेका चार नेतालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
कार्की संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आगामी असोज २० अर्थात अबको १२ दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।
उनले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभाका जुन सांसदले विश्वासको मत लिनसक्ने विश्वाससहित मुख्यमन्त्री दावी गर्छन्, उनैलाई प्रदेश सभाका अध्यक्षले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।
कार्की यस अगाडी पनि संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभाको मुख्यमन्त्री नियुक्त भएका थिए । तर उनले विश्वासको मत पाउन नसकेपछि स्वत पदमुक्त भएका थिए । त्यसपछि कांग्रेस दलका नेता उद्दव थापा दुई पटक मुख्यमन्त्री बने । तर उनलाई सर्वाेच्च् अदालतले अवैध ठहर गरेपछि फेरि घुमेर कार्कीनै मुख्यमन्त्री बनेका हुन् ।
उनलाई अदालतले मुख्यमन्त्री बनाउन परमादेश दिएको थियो ।
प्रदेश सभामा उनको दल एमालेलाई राप्रपाको पनि साथ छ । तर विश्वासको मत लिन आवश्यक एउटा संख्या अझै उनीसँग छैन । उनले विश्वासको मतको बाताबरण निर्माणका लागि सरकार विस्तार गरेका थिएनन । तर आज उनले पार्टीका नेताहरुलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।
मुख्यमन्त्री बनेपछि उनी काठमाडौं मा राजनीतिक भेटघाटका लागि पुगेका थिए । तर काठमाडौंबाट आजै विराटनगर फर्केपछि उनले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
उनले लीलाबल्लव अधिकारी, निरन राई, वुद्धिकुमार राज भण्डारी र रामप्रसाद मेहतालाई मन्त्री बनाउँदैछन् ।
थपिने सबै मन्त्री एमालेकै हुन् । यसअघि एमालेबाटै तीलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
प्रतिक्रिया