देउवाको ५ केन्द्रीय सदस्य मनोनयनको निर्णय विधानविपरीत
विधानविपरीत मनोनित हुने सबै संस्थापन समूहका

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले विधान अनुरुप ३३ केन्द्रीय सदस्य मनोनयन गर्न पाउँछन् । ती मध्य अहिलेसम्म ३२ केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित गरेका एक केन्द्रीय सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा नियुक्त भएपछि पार्टीसँगको आबद्धता त्यागेका छन् । यसो हुँदा अब उनले दुई केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ ।
तर, केन्द्रीय सदस्य मनोनयन गर्दा विधानमा व्यवस्था गरिएका केही प्रावधानको पालना गर्नुपर्छ । देउवाले ती प्रावधानविपरीत केन्द्रीय सदस्य मनोनित गरेपछि विवाद भएको छ ।
नेपाली कांग्रेसको विधानको दफा ५९ मा ‘पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशनको अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैन,’ भन्ने उल्लेख छ ।
तर देउवाले यो धारालाई उल्लंघन गरेर केन्द्रीय सदस्य मनोनीत गरेपछि असन्तुष्टि बढेको छ । गत महाधिवेशनमा तल्लो तहमा पराजितलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।
देउवाले गण्डकी प्रदेश सभापतिमा पराजित अर्जुनप्रसाद जोशी र लुम्बिनी प्रदेश सभापतिमा पराजित भरतकुमार शाहलाई केन्द्रीय सदस्य बनाएका छन् । त्यस्तै उनले गत महाधिवेशनमा बागलुङमा महाधिवेशन प्रतिनिधिमा पराजित किरणराज शर्मा पौडेललाई पनि केन्द्रीय सदस्य बनाएका छन् ।
देउवाले ४ असोजमा जोशी, शाह, पौडेलसहित आठ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका थिए ।
त्यस्तै देउवाले सुनसरी–१ को क्षेत्रीय सभापतिमा पराजित लक्ष्मी खतिवडालाई पनि केन्द्रीय सदस्य मनोनित गरेका छन् । लुम्बिनी प्रदेश समितिको सदस्यमा पराजित गंगा शाहीलाई केन्द्रीय सदस्य बनाएका छन् ।
खतिवडा र शाही सहित १० जनालाई सभापति देउवाले २०७९ साउन ३१ मा केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
कांग्रेस विधानमा प्रमुख प्रतिस्पर्धी बनेर पराजित उम्मेदवार व्यक्ति उक्त समितिको स्वतः सदस्य बन्ने व्यवस्था छ । कांग्रेसको विधानको धारा ६५ मा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने’ उल्लेख छ ।
विधानको यही व्यवस्था अनुसार मनोनित केन्द्रीय सदस्य बनेका जोशी गण्डकीमा, शाह लुम्बिनीको प्रदेश समितिमा र खतिवडा सुनसरी–१ को समितिमा स्वतः सदस्य छन् ।
सभापति देउवाले निकततम प्रतिद्वन्द्वी स्वतः उक्त कार्यसमितिको सदस्य हुने व्यवस्थालाई कुल्चिएका छन् ।
यो विषय संस्थापन इतर समूहले जारी केन्द्रीय समिति बैठकमा पनि उठाएको छ । मनोनित हुने सबै संस्थापनि पक्षधर हुन् । उनीहरू समू इतर समूहका उम्मेदवारसँग पराजित भएका थिए ।









सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री
अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
आजका लागि सागसब्जी र फलफूलको मूल्य
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया