कोशीमा कार्कीले गरे मन्त्रिपरिषद् विस्तार र मन्त्रीहरूको जिम्मेवारी हेरफेर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार र मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
मुख्यमन्त्री कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थपेका छन् । योसँगै मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।
मन्त्रिपरिषद्मा अब तीन राज्यमन्त्री र मुख्यमन्त्रीसहित ६ मन्त्री भएका छन् ।
यसअघि खानेपानीमन्त्री रहेका तिलकुमार मेन्याङ्बो स्वास्थ्यमन्त्री बनेका छन् । पाँच कर्ण राई पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।
एकराज कार्कीे भौतिक पूर्वाधार, लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री, बुद्धिकुमार भण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्रीमा नियुक्त भएका छन्। अधिकारी र राजभण्डारी नयाँ मन्त्री नियुक्त भएका हुन् ।
रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री, सिर्जना राई सामाजिक विकास राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा बनेका छन् । उनीहरूको प्रदेश प्रमुख कार्यालयमा शपथ भएको छ।
सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ मा संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता कार्कीले असोज २० भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ।
अन्य कुनै दलले समर्थन नदिएकाले उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले वर्तमान सरकारलाई साथ नदिने बताइसकेको छ । केन्द्रमा प्रतिपक्षमा रहेको र प्रदेशमा पनि एमालेसँगै रहेको राप्रपा पनि सरकारमा सहभागी भएको छैन । यसले कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ ।
९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन ४७ मत आवश्यक छ । एमालेसँग ४० मत मात्रै छ ।


















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
प्रतिक्रिया