लोसपाले बनायो ३११ सदस्यीय केन्द्रीय समिति, महासचिव नै १६ जना

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रीय समिति विस्तार गरेर ३११ सदस्यीय बनाएको छ ।
अध्यक्ष महन्थ ठाकुरले पार्टीका वरिष्ठ नेताहरूसँगको छलफलपछि ३११ सदस्यीय समिति विस्तार गरेका हुन् । २०७९ मंसिरको चुनावमा राष्ट्रिय दलको हैसियत गुमाए पनि लोसपाले केन्द्रीय समिति भने नेपाली कांग्रेस, नेकपा एमालेको भन्दा ठूलो दल बनाएको हो । प्रतिनिधि सभामा कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो पार्टी हुन् ।
केन्द्रीय समिति विस्तार गर्दा पदाधिकारी समिति नै ६३ सदस्यीय बनाइएको छ ।
गत प्रतिनिधि सभा निर्वाचनमा केबल चार सिट जितेको लोसपाले १५ जना उपाध्यक्ष र १६ जना महासचिव बनाएको छ । तीन नेतालाई विस्तारका क्रममा वरिष्ठ नेता तीन जना बनाइएको छ ।
ठाकुर अध्यक्ष रहेको समितिमा लोसपाले राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झालाई वरिष्ठ नेता बनाएको छ। उता सर्वेन्द्रनाथ शुक्लालाई वरिष्ठ सह–अध्यक्षको जिम्मेवारी दिइएको छ।
जितेन्द्रप्रसाद सोनार (सोनल), उमाकान्त झा, लक्ष्मणलाल कर्ण, अकवाल अहमद शाह, निर्जला राउत र प्रदीपनारायण यादवलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ ।
८ जनालाई सह–महासचिव बनाएको लोसपाले ११ जनालाई समिति बनाएको छ । कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रवक्ता १–१ जनालाई तोकेको छ ।
लोसपाको महासचिवमा अभिराम शर्मा, केशवकुमार झा, डा सुरेन्द्रकुमार झा, परमेश्वर साह, कवीन्द्रनाथ ठाकुर, रामप्रवेश बैठा, हरिप्रसाद मण्डल, मुकेश झा, ज्ञानेन्द्र कुमार झा, देवेन्द्र यादव, विनोद सिंह, अभय सिंह, जयनुल राइन, अनिल महासेठ उपेन्द्र महतो र अमर यादव मनोनित भएका छन् ।
लोसपाले डा. आभास लाभलाई प्रवक्ताको भूमिका दिएको छ।
यस्तो छ केन्द्रीय समितिको सूची :

























प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
प्रतिक्रिया