टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने

काठमाडौं । नेपाल र चीनबीच टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन समझदारी बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्तामा त्यस्तो समझदारी बनेको हो । समझदारी पछि दुवै देशले संयुक्त रुपमा अजा बिहान जारी गरेको बक्तब्यमा त्यस्तो कुरा उल्लेख छ । टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन नेपाल र चीन सहमत भएको संयुक्त बक्तब्यमा उल्लेख छ ।
उक्त आयोजनाले नेपाल-चीन सम्पर्कमा नयाँ आयाम थप्ने दुवै मुलुकले विश्वास लिएको संयुक्त बक्तब्यमा उल्लेख छ । त्यस्तै काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तारलाई पनि छिट्टै कार्यान्वयनमा लैजाने संयुक्त वक्तव्यमा उल्लेख छ ।
त्यस्तै जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको वक्तब्यमा जनाइएको छ ।
चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया