काठमाडौं महानगर र अभियन्ता ई: बीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । फुटपाथ व्यवसायी, अभियन्ता ई स् का प्रतिनिधि र काठमाडौं महानगरका प्रतिनिधिबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । महानगरपालिकाले फुटपाथ ब्यापारीलाइृ हटाउने निर्णयका विरुद्द उभिएरै आन्दोलनमा उत्रेका अभियन्ता ई का प्रतिनिधि र महानगरका प्रतिनिधिका बीचमा आज वार्ता भएको थियो । वार्तामा तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी तत्कालीन र दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कार्ययोजना बनाउने गरी छलफल चलेपनि अन्तिममा वार्ता निष्कर्णविहिन भएको हो ।
छलफल सुरुमा सकारात्मक ढंगले चलेपनि अन्तिममा निष्कर्षविहीन बनेको वार्ताका सहभागीमध्यका एकले मेरोन्यूजलाई जानकारी दिए ।
ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । सोमबार मेयर बालेन शाहले उनलाई ‘वान टु वान’ वार्ताका लागि भन्दै राष्ट्रियसभा गृह अगाडि दुई कुर्सी राखेर बोलाएका थिए । ईः ले आफ्नो टोली आउने भन्दै केही समय मागेका थिए ।
त्यसपछि नगर प्रहरीमार्फत तत्काल आउने भए मात्र वार्ता हुने भन्दै सन्देश पठाइएपछि मेयर र अभियन्ताबीच आरोप–प्रत्यारोप भएको थियो ।
मंगलबार बिहान उपमेयर सुनिता डंगोल पनि अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयरले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट पनि ५ सदस्यीय टोली बनाएर वार्ता गरिएको थियो ।
ईःका तर्फबाट गोविन्द नारायणको नेतृत्वमा सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सञ्जय गिरी र राज महर्जन रहेको टोली वार्तामा सहभागी थियो ।
महानगरपालिकाका तर्फबाट महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा वडाध्यक्ष चीनकाजी महर्जन, कानुन विभाग प्रमुख वसन्त आचार्य, कुमार ब्यञ्जनकार र धिरज जोशी सदस्य रहेको टोली वार्तामा थियो ।
वार्तामा महानगरप्रमुख बालेन्द्र र अभियन्ता ई स् भने सहभागी भएनन् ।

















टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
प्रतिक्रिया