इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौँमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौँ आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवतरुपमा सुरुआत भइसकेको छ ।
यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी छन् । चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख नेपाल आइसक्नुभएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
जात्राको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालदेखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
कामपाले इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सांस्कृतिक, सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै प्रवक्ता मानन्धरले जीवित देवीकुमारी, गणेश र भैरवको रथारोहण, रथयात्रा, विभिन्न परम्परागत वाद्यवादन, गायन, नाचजस्ता कार्यक्रम सञ्चालन गरेर नेपालको बारेमा जानकारी दिन पाहुनालाई निमन्त्रण गरेको बताए ।
जात्राको सुरूको दिन आज दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिएको छ । असोज ११ गते इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन सरकारले सार्वजनिक बिदा पनि दिएको छ । सो दिन बढी भीडभाड हुने भएकाले विशेष सुरक्षा बढाएको छ । उक्त दिन एक सय ८० स्वयंसेवक परिचालन गरी नेपाल प्रहरी, कामपा र सशस्त्र प्रहरीले विशेष सुरक्षा दिने छ । जात्रा अवधिमा आगलागी नियन्त्रण गर्ने वारुणयन्त्रको समेत व्यवस्था गरिएको जनाइएको छ ।
९ गते बिहान १० बजेर ३७ मिनेट जाँदा लिङ्गो ठड्याउने, १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम छ । जात्रामा राष्ट्र प्रमुखबाट जीवित देवी कुमारी, गणेश, भैरवको दर्शन गर्ने परम्परा रही आएको छ । जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ ।
पाहुनालाई इन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको छ ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया