तेक्वान्दोमा उदायकी नन्दा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ६ को बुद्धपथमा जन्मिनुभएकी नन्दा बस्याल भर्खरै मात्र अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल हुनुभएको छ । उनी तेक्वान्दोको बल्याकबेल्ड छैटौँ डान हुन । सन्ताउन्न देशको सहभागितामा दक्षिण कोरियामा जुलाई २१ देखि २४ सम्म भएको विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा बस्यालले प्रथम स्थान हासिल गर्दै नेपालाई स्वर्ण पदक दिलाईन् । देशलाई स्वर्ण दिलाएर नेपालसगंै गृह जिल्ला सुर्खेत पुगेकी उनलाई अहिले विभिन्न सङ्घ संस्था र व्यक्तिले बधाई दिनाका साथै सम्मान पनि गरेका छन् ।
अहिले यो उचाइमा पुगेकी बस्यालले खेल सुरु गर्दा सुर्खेतमा तेक्वान्दोको महिला खेलाडी कोही पनि थिएनन् । विसं २०५० मा उनले सुर्खेतमा तेक्वान्दो खेल खेल्न सुरु गरेकी हुन् । ठूलो भएर प्रहरी बन्ने सोच बनाएकी बस्याल खेलकुदमै बढी रुची भएर खेल्न सुरु गरेकि थिईन् ।
त्यतिबेला टोपेन्द्रजङग शाही, खिमलाल देवकोटालगायतले तेक्वान्दोको पोसाक लगाएर रोडमा दौडिएको देखर आफूलाई यो खेलप्रति रुचि जागेको उनले बताईन् । “टोपेन्द्र अङ्कललेनै मलाई गेममा हाल्दिन्छु भनेर खेल्न गएकी हुँ । त्यतिबेला मेरा गुरु भुवन थापाले शुल्क नलिएरै मेरो नाम लेखिदिएका थिए । उहा“हरुकै प्रेरणाले मैले यो खेल खेल्न थालेकी हुँ । सुरुमा केही केटी साथीलाई पनि तेक्वान्दो खेल्न लिएर गएकी थिएँ तर उनीहरूले बिचमै खेल छोडे आफूले भने निरन्तरता दिँदै आएको छु,”बस्यालले भनीन् ।
“त्यतिबेला आफूलाई साथी र घरपरिवारले यो खेल खेल्न गाह्रो हुन्छ भनेर नखेल्न धेरै सुझाव दिएका थिए । ‘केटाको लात खानुपर्ने खेल राम्रो होइन छोडसम्म पनि भनियो । धेरैले घरमा कुरा लगाएर खेल छोड्न दबाब पनि दिए । यो खेलबाट मृत्यु हुन्छ भन्दै डर पनि देखाए तर मैले आमालाई फकाएर खेललाई निरन्तरता दिएँ, ” उनले भनीन् , “खेल सकिएपछि मस“ग खेलेका दाइहरुले मेरा खुट्टामा ढोग गर्नुहुन्थ्यो । अब पाप लाग्दैन भनेर भन्थे । म एक्लै भएकोले दाइहरुले मलाई हौसला दिनुभएको थियो । सुर्खेतमा महिला तेक्वान्दोमा स्थापित हुनपर्छ भनेर नै सिनियर दाईहरुले मलाई सहयोग गर्नुभएको थियो । ”
बस्यालले चार कक्षा पढ्दै गर्दा तेक्वान्दो खेल्न सुरु गरेकी थिईन् ।
आठ कक्षामा पढ्दाउनले बल्याकबेल्ट पाईुकेकी थिईन् । त्यतिबेला बल्याकबेल्ट लिन पनि काठमाडौँ नै पुग्नुपर्ने बाध्यता भएको बस्यालले सुनाईन् । बल्याकबेल्ट लि“दा पनि दुई वटा र्याङकिङमा आफू प्रथम भएको चर्चा गर्दै उनले स“गै खेल्ने महिला साथी नभएर धेरैजसो पुरुषस“गै तेक्वान्दो खेल्नुपरेको सुनाउछिन् । बस्यालले जननमुना माध्यमिक विद्यालयमा पढ्दै गर्दा विद्यालयमा तेक्वान्दो प्रतियोगिता सिकाउनु हुन्थ्यो । विद्यालयले नै उनलार्ई मासिक तीन हजार दिएर सिकाउनको लागि राखेको थियो ।
यसरी खेल खेल्दै खेलाउ“दै गर्दा २०५२ सालमा पहिलो पटक जिल्ला बाहिर बुटवलमा भएको जुनियर नेशनल गेममा बस्याल सहभागी भएकी थिईन् । जिल्लामा कहिलेकाहीँ हुने प्रतियोगितामा मात्र सहभागी भएर उनले थाल, कचौरा जितेकी थिईन् । टेलिभिजनमा देखेको पदक कस्तो हुन्छ होला भन्ने लागेको बस्याललाई जित्ने ठूलो धोको थियो । यहीँ रहर पूरा गर्न उनी एक जोर जुत्ता एक जोर खेलको ड्रेस मात्र बोकेर बुटवल पुगेकी थिईन् ।
बस्याललाई गुरुले बुटवल गएर पदक जितेपछि ट्रायकसुट किनिदिन्छु भने । उनले भनीन् “मलाई त त्यतिबेला खेल कसरी जित्नेभन्दा पनि ट्र्याक सुट कसरी पाउने भन्ने मात्र थियो । त्यहा“ गएपछि पहिलोपटक केटी मान्छे पनि गुरु हुने रहेछन् भनेर थाहा पाएँ अनि मलाई पनि यस्तै हुन पाएहुन्थ्यो भन्ने लागेको थियो ।”
उक्त प्रतियोगितामा सहभागी हु“दासम्म पनि बस्याललाई तेक्वान्दो कसरी खेल्ने भन्नेसम्म राम्रोस“ग जानकारी थिएन तर २४ केजीको प्रतियोगिमा जित हासिल गरेर पदक जित्न सफल भएकोे उनले सुनाईन् ।
“मैले जितेको मेडल कतै हराउछ कि ? कसैले लगिदिन्छन् कि भनेर राति बसमा पनि घाँटीमा झुण्ड्याएर समातेरै घर पुगेँ । अनि पहिलो पटक खेल जितेर घरमा किला ठोकेर पदक झुण्ड्याएकी थिए,” बस्यालले भनीन् । त्यसपछि त्यतिबेला हरेक दुई÷दुई वर्षमा हुने क्षेत्रीय प्रतियोगितामा सहभागी हुन थालेकीमा अहिलेसम्म पनि निरन्तर तेक्वान्दमै जम्दै आएको छु ।”
यसरी हुने प्रतियोगितामा कहिल्यै दोस्रो हुन पनि नपरेको उल्लेख गर्दै उनले १५ जिल्लाको प्रतियोगिता हँुदा पनि त्यतिबेला आफू भिड्ने तौल समूहमा भिड्न अन्य प्रतियोगी डराउने गरेकाले आफूले खेल्ने केजी कसैलाई थाहा नदिएर सिधैंँ भिड्ने बेला मात्र थाहा दिनपर्ने अवस्था पनि आफूले भोगेको बस्यालले उल्लेख गरिन् ।
सुर्खेत, नेपालगञ्ज, दाङ र बर्दियामा भएका क्षेत्रीय र राष्ट्रिय प्रतिगोगितामा २०५३÷५४ र २०५५ मा लगातार सहभागी हुनुभएर सबैमा प्रथम स्थान हासिल गरेकी उनी चितवनमा भएको राष्ट्रिय प्रतियोगितामा पनि प्रथम स्थान ल्याउन सफल भईन् । त्यसपछि बस्यालले कोरिया र थाइल्याडमा भएका प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गर्दै त्यहा“ पनि प्रथम स्थान हासिल गर्न सफल भईन् ।
सन् २०१९ इन्डोनेसियामा भने उनले दोस्रो स्थान ल्याउन सफल भएकी थिईन् ।
विसं २०१६ मा नेपालमै भएको हान्मादाङ प्रतियोगितामा बस्यालले स्वर्ण पदक पनि जितिन् । सुरुमा पुरुषस“ग बाध्यताले खेल्नपरे पनि पछि भने महिलास“ग प्रतिगोगीतामा सहभागिता जनाउँदा सहज भएको उनको भनाइ थियो । तेक्वान्दोको राष्ट्रिय रेफ्री बस्यालले तेक्वान्दोमा अन्तर्राष्ट्रियस्तरको मास्टर्स पनि गरेकी छिन् । अहिले उनी राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी बोर्डको सदस्य पनि बनेकी छन् ।
महिलाले आफ्नो सुरक्षाको लागि पनि खेल खेल्नुपर्नेमा जोड दिँदै बस्यालले पुरुषसँग प्रतिकार गर्न पनि खेलकुद खेल्नु आवश्यक भएको उनले बताईन् ।
उनले भनीन् “अहिले खेलकुद परिषद्बाट पनि राष्ट्रिपति महिला अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेका छौँ । त्यसको संयोजक भएर पनि मैले काम गरिरहेकी छु ।”
तेक्वान्दो खेलमा अब्बल खेडाली बस्याल कलाकार पनि हुन् उनले सुर्खेतमा धेरैलाई नृत्य पनि सिकाउने काम गरेकी छिन् ।
बस्यालले सिकाएका धेरै नृत्यङ्गनाहरुले प्रथम स्थान पनि हासिल हाँसिल गरेकी छिन् । उनले कक्षा ३÷४ मा पढ्दाखेरि नै नृत्य गर्न थालेको र त्यतिबेला हुने विद्यालयस्तरका नृत्य प्रतियोगितामा बस्याले प्रथम स्थान हाँसिल गरिन् । अरुले नाचेको देखेर झ्यालबाट हेर्दाहेर्दै आफूले नृत्य सिकेको बताउने उनी २०७५ सालमा नेपाल टेलिभिजनको आँगन कार्यक्रममा पनि सहभागी हुन सुर्खेतबाट काठमाडौँ गएकी उनी दोस्रो स्थान प्राप्त गरेकी थिईन् । बस्यालले नेपाली टेलिसिरियल झयाइकुटी झ्याइमा पनि दस वर्षभन्दा बढी बिताई सकेकी छन् ।
यो सिरियस खेलेसँगै काठमाडौँ प्रवेश गर्नुभएकी बस्यालले तीन दर्जन बढी गीतमा अभिनय गरेकी छन् । केही गीतमा निर्देशन गरेकी र ती गीत करिव दसपटक नेपाल प्रथम पनि भएका थिए । कतारमा उनले वेस्ट म्युजिक भिडियो डाइरेक्टर अवार्ड पनि प्राप्त गरिन् यस्तै दुवई र जापानमा पनि बस्यालले सोही विधामा पदक पाएकी थिईन् ।
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया