सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई बच्चालाई जन्म दिएकी सुत्केरीको बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बडीमालिका नगरपालिका–९ मार्तडीकी १८ वर्षीया ललिता नेपालीको शल्यक्रिया गरेर बच्चा निकालेपछि मुर्छा पर्ने, बेहोस हुनेलगायतका लक्षण देखा पर्ने थालेपछि अन्य अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए । सुत्केरी नेपालीको जिल्ला अस्पताल बाजुरामा शल्यक्रिया गरेर दुई नवजात शिशुको निकालिएको थियो ।
अस्पताल बाजुराले रिफर गरेर जिल्लामा उपचार सम्भव नभएको प्रशासनलाई जानकारीपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
महिलाको अवस्था गम्भीर भएकाले महिला तथा बालबालिका समाज कल्याण मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।
उनले सुत्केरीको ज्यान खतरामा भएकाले नेपालगञ्ज लैजाने गरी नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताए । मङ्गलबार नेपाली सेनाको हेलिकप्टरमा हिमाली गाउँपालिका–१ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको अत्यधिक रक्तस्राव र नाल नआएर पाठेघरको मुख बन्द भएपछि उद्धार गरिएको थियो ।
















अवैध धन्दा चलाउने ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया