बिहीबार, माघ २९, २०८२

मोहम्मद डेको अवसरमा मधेसमा आज सार्वजनिक बिदा

मेरोन्यूज २०८० असोज ११ गते ८:१०

जनकपुरधाम । मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । मुस्लिम धर्मावलम्बीले मनाउने पर्व पैगम्बर मोहम्मदको जन्मदिन ९मोहम्मद डे० का अवसरमा प्रदेश सकारले बिहीबार सार्वजनिक बिदा दिएको हो।

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले बुधबार सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

०७९ चैत ९ गते बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार मधेश प्रदेश सरकारले आज बिदा दिने निर्णय सूचनामा उल्लेख छ।

पर्वको अवसरमा इस्लाम धर्म मान्नेहरुले आज म आफ्नो जातीय पहिरनमा ईश्वर (अल्लाह) को प्रार्थना (इवादत) गर्दै मनाईरहेका छन् ।

प्रतिक्रिया