शुक्लाफाँटा नगरपालिकामा ‘बर्थिङ सेन्टर’ नहुँदा सास्ती

कञ्चनपुर । बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ ।
नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर सञ्चालनका लागि माग गर्दै आए पनि सुनुवाइ हुन भने अहिले सम्म सकेको छैन । प्रसूति हुनेलाई एम्बुलेन्समार्फत परिवारजनले बन्साहा, देखतभूलीलगायतका क्षेत्रमा पुरयाउनु पर्ने बाध्यता रहेको छ ।
एम्बुलेन्स नपाउँदा घरमै जोखिम मोल्दै सुत्केरी हुँदै आएको स्थानीय लक्ष्मीदेवी विकले बताईन् । “एम्बुलेन्सका लागि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले खर्चको जोहो मिलाउन सक्दैनन्”, उनले भनीन् । “घरमै प्रसूति हुनुपर्ने बाध्यता छ, धेरैले गाउँ टोलमा रहेका बचत समूहबाट ऋण निकालेर भए पनि प्रसूतिका लागि टाढाको बर्थिङ सेन्टरमा पु¥याउने गरेका छन् ।”
जटिल प्रकृतिको प्रसूतिका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रहेका अस्पतालमा पु¥याउनु पर्ने अवस्था रहेको उनले बताईन् । “वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य चौकी बनेको छ”, स्थानीय कृष्णबहादुर बमले भने, “प्राथमिक उपचार गाउँमै पाएका छौँ तर प्रसूति हुनेका लागि व्यवस्था नहुँदा निकै अप्ठेरो रहेको छ ।”
आधारभूत स्वास्थ्य केन्द्रमा एक जना अनमी, एक जना अहेव र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन् । “प्रसूति गृह तत्काल सञ्चालनका लागि भौतिक पूर्वाधारको व्यवस्था रहेको छ”, वडाध्यक्ष नवलसिंह रानालेका अनुसार, “प्रसूति गराउनका लागि तालिम प्राप्त दक्ष अनमी पनि छन्, सञ्चालनको अनुमति नदिँदा अन्यौलामा परेको उनले बताए ।”
बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमतिसँगै आवश्यक औजार, औषधिलगायतको व्यवस्था गरिनुपर्ने उनको भनाई छ । आधारभूत स्वास्थ्य चौकीका अहेव गणेश रानाका अनुसार गर्भ चेकजाँच गराउन आउने महिलाको सङ्ख्या वर्षमा दुई सय बढी रहने गरेको छ । “स्वास्थ्य चौकीमा गर्भ चेकजाँच र प्रसूतिपछिका सेवा स्वास्थ्य चौकीबाट दिँदै आएका छौँ”, उनले भने “बर्थिङ सेन्टरको व्यवस्था नहुँदा प्रसूति हुनेलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।”
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले तत्काल बर्थिङ सेन्टर थप्ने योजना नरहेको बताए । “सञ्चालनमा रहेका बर्थिङ सेन्टरलाई व्यवस्थित गर्ने योजना छ”, उनले भने, “थप्ने योजना रहेको छैन, वडाले बजेटको व्यवस्थापन गरे बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकिन्छ ।”
उनका अनुसार बर्थिङ सेन्टर सञ्चालनका लागि नर्सिङ स्टापसहित चार जना कर्मचारी आवश्यक पर्दछन । सर्जिकल सामग्रीको व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि अहिले बजेट अभाव रहेको छ ।
















Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
प्रतिक्रिया