एलिकाको दशैं तिहार २०८० अफर

काठमाडौं । ई.ओ.एल. प्रा. लि., नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “दशैं तिहारमा, उपहार साथमा” भन्ने नारासहित अफर ल्याएको हो ।
अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सि. जी. ब्रान्डको भ्याकुम फ्लास्क उपहार स्वरूप पाइने उसले जनाएको छ ।
यो ग्राहक योजना भाद्र २८ देखि सुरु भएको र नेपालभरि सीमित अवधिको लागि लागू गरिएको उसले जनाएको छ ।
एलिका १९७० मा स्थापित एक इटालियन कम्पनी हो जसले किचन हुड, इन्डक्शन हब, र बोइलर डिजाइन र निर्माण गर्दछ । कम्पनीको विश्वभर इटाली, पोल्याण्ड, मेक्सिको, भारत र चीनमा सातवटा प्लान्टहरू छन् ।
३,८०० कर्मचारीहरूले हरेक वर्ष २०.७ मिलियन हुडदेखि मोटरसम्म उत्पादन गर्दछन् । एलिकाको को खाना पकाउने व्यवसाय इकाईले घरेलु प्रयोगको लागि किचन हुडहरू डिजाइन, निर्माण र बिक्री गर्दछ । एसियाली बजारका लागि कम्पनीले हब, ओभन र स्टेरिलाइजर पनि उत्पादन गर्दछ ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया