भरतपुर महानगरपालिकामा बृहत खुल्ला योग शिविर हुने

नारायणगढ । भरतपुर महानगरपालिका–१ रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनमा तीन दिने वृहत योग शिविर सञ्चालन हुन लागेको हो ।
विहिबार पत्रकार सम्मेलन गर्दै रामनगरको पुष्पबाटीकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म दुई घण्टा शिविर सञ्चालन हुने जनाईएको हो ।
‘कोहीपनि अस्पताल जान नपरोस्, गरौँ योग रहौँ निरोग’ भन्ने मूल नारासहित आयोजित शिविरमा पतञ्जलि योग समिति नेपालका प्रमुख वरिष्ठ योग गुरु लवदेव मिश्र प्रशिक्षक रहनुहुने समितिका संरक्षक तथा पूर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्रविक्रम महतले जानकारी दिए ।
उनले योगाभ्यास गर्दा मानिसको शारीरिक तथा मानसिक पक्ष बलियो हुने र स्वस्थ्य समाज निर्माणमा योगले सहयोगी भूमिका खेल्ने हुँदा शिविर आयोजना गर्न लागिएको बताए । खुला रुपमा शिविर सञ्चालन गर्दा सबैको पहुँचसम्म पुग्ने हुँदा सबैले यसको फाइदा लिन समेत उनले आग्रह गरेका छन् ।
महतले पत्रकार सम्मेलनमा असोज १४ गते भरतपुरको रामनगरका साथै गैँंडाकोटको मौलाकालिका मन्दिर परिसरमा समेत योगाभ्यासको कार्यक्रम रहेको जानकारी दिए । शिविरमा दैनिक पाँच सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । योग शिविरको कार्यक्रम पश्चात भरतपुरमा योग शिक्षक तालिमसमेत प्रदान गरिने महतले पत्रकार सम्मेलनद्वारा जानकारी दिएका छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया