जुद्धशम्शेरको शालिकदेखि बसन्तपुरसम्म हिँडेरै ईन्द्रजात्रा हेर्न पुगे उच्चपदस्थहरू (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थहरू जुद्धशम्शेरको शालिकदेखि उनीहरू बसन्तपुरसम्म हिँडेर ईन्द्रजात्रा हेर्न पुगेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न पुगेका हुन्।
उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी मनाइने इन्द्रजात्रा सुरु भएको छ ।
आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्न सर्वसाधरणदेखि मन्त्रीहरुको बसन्तपुरमा चहलपहल सुरु भएको हो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरू, काठमाडौं महानगरका मेयर उपमेयरलगायत विशिष्ट व्यक्तिहनुमानढोका पुगिसकेका छन्।
इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि बसन्तपुर पुगेका छन् । केही बेरमा कुमारीको रथारोहन गराउनेछन् ।
ह
नुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी लगायतको रथको अवलोकन गर्नेछन् । उनी केहीबेरमा न्युरोडको जुद्दशमशेरको शालिकबाट हिँडेर आउनेछन् ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
तस्बिरहरू रासस :


























इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया