१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । आज भएको ८० किलो माथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए । उनी २–० अंकले पराजित भएका हुन् । यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो ।
तेक्वान्दोबाट ११ खेलाडी सहभागी भएका थिए । यसअघि ४९ किलो तौल समूहमा अन्जली तामाङ र ६३ किलो तौल समूहमा गोविन्द आले पराजित भएका थिए । सन् २००६ पछि नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन । त्यसअघि भने नेपालले एसियली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य प्राप्त गरेको थियो । ।
ब्याडमिन्टनमा पुरुष टोलीको विजयी सुरूआत
१९औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालको पुरूष टोलीले विजयी सुरुआत गरेको छ। नेपालले मङ्गोलियालाई ३–१ सेटले पराजित गरेको हो । प्रिन्स दाहाल र सुनिल जोशीको जोडी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विष्णु कटुवाल र प्रिन्स दाहालको जोडी पुरुष डबल्समा पनि विजयी भएको छ । महिला टिम इभेन्टस्मा भने नेपाल माल्दिभ्ससित ३–१ सेटले पराजित भएको छ । महिला डबल्समा नेपालकी रसिला महर्जन र अनुमाया राईको जोडी पराजित भयो ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया