चलाउनेलाई मरणासन्न गरी कुटपिट गर्ने सयुज श्रेष्ठ पक्राउ

प्रेम चलाउने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न सयुज श्रेष्ठलाई प्रहरीले रातोपुलबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता कुमोद ढुंगेलले श्रेष्ठलाई उनको घर नजिकै रातोपुलबाट पक्राउ गरिएको जानकारी दिए ।
चलाउनेलाई कुटपिट गरेको अभियोगमा मुद्दा चलाइएका सातजना प्रतिवादीहरुमध्ये श्रेष्ठ एक जना हुन् ।
सयुजसँग साढे दुइ वर्षअघि पाटन उच्च अदालतले पाँच लाख धरौटी मागेको थियो। उक्त प्रकरणमा सयुजबाट चलाउनेलाई एक लाख अन्तरिम क्षतिपूर्ति जम्मा गर्ने आदेश पनि गरेको थियो।
अदालतको आदेशलाई अवज्ञा गरी बसेका उनी बिहीबार घरनजिकै रातोपुलबाट पक्राउ परेका हुन्।
चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लम्बिरहँदा एकजना अभियुक्त समातिएका हुन्। सबै अंग पुगिसकेर फैसला चरणमा पुगिसकेको भनिएको मुद्दा यही मंगलबार फेरि प्रमाण बुझ्ने चरणमा फर्किएको थियो
हेर्दाहेर्दैमा राखी लगातार सुनुवाइ गर्न लागिएको मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश काठमाडौं जिल्ला अदालतबाट मंगलबार भएको थियो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबार र मंगलबार भएको सुनुवाइपछि आदेश भएको थियो।
चलाउनेविरुद्ध ०७७ असोज २० गते नेविसंघका नेता कार्यकर्ताहरूले मरनासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए।
योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको छ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया