शाहरुखले विराट कोहलीलाई ज्वाइँ भनेपछि…

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान पछिल्लो समय आफ्नो फिल्म ‘जवान’लाई लिएर चर्चामा छन् ।
हलमा प्रर्दशनरत रहेको उनको फिल्मबारे फ्यानकाे धारणा बुझ्न उनी विभिन्न ‘प्ल्याटफर्म’मा उपस्थित भइरहन्छन् । यसैबीच उनले एक फ्यानको प्रश्नमा जवाफ दिँदै क्रिकेटर विराट कोहलीलाई आफ्नो ज्वाइँ भनेका छन् ।
वास्तवमा शाहरुखले सेप्टेम्बर २७ मा सामाजिक सञ्जाल ट्विटरमा Ask Me सेसन गरेका थिए। यसै क्रममा एक फ्यानको प्रश्नको जवाफमा उनले विराट कोहलीलाई आफ्नो ज्वाइँ भनेका हुन् ।
फ्यानले शाहरुखलाई सोधेका थिए, ‘सर, ‘जवान’ स्टाइलमा विराट कोहलीको बारेमा केही भन्नुहोस् न ।’ जवाफमा शाहरुखले भने, ‘मलाई विराट कोहली धेरै मन पर्छ । म सधैं उहाँको सु-स्वास्थ्यको कामना गर्छु। उहाँ मेरा लागि ज्वाइँ जस्तै हुनुहुन्छ।’
अर्को फ्यानले शाहरुखलाई भने, सर, विश्व कपको लागि शुभकामना दिनुहाेस् न । जवाफमा शाहरुखले लेखेका छन्, भारत…भारत…अल द बेस्ट टीम…विश्वकप उत्कृष्ट होस्।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया