शाहरुखले विराट कोहलीलाई ज्वाइँ भनेपछि…

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान पछिल्लो समय आफ्नो फिल्म ‘जवान’लाई लिएर चर्चामा छन् ।
हलमा प्रर्दशनरत रहेको उनको फिल्मबारे फ्यानकाे धारणा बुझ्न उनी विभिन्न ‘प्ल्याटफर्म’मा उपस्थित भइरहन्छन् । यसैबीच उनले एक फ्यानको प्रश्नमा जवाफ दिँदै क्रिकेटर विराट कोहलीलाई आफ्नो ज्वाइँ भनेका छन् ।
वास्तवमा शाहरुखले सेप्टेम्बर २७ मा सामाजिक सञ्जाल ट्विटरमा Ask Me सेसन गरेका थिए। यसै क्रममा एक फ्यानको प्रश्नको जवाफमा उनले विराट कोहलीलाई आफ्नो ज्वाइँ भनेका हुन् ।
फ्यानले शाहरुखलाई सोधेका थिए, ‘सर, ‘जवान’ स्टाइलमा विराट कोहलीको बारेमा केही भन्नुहोस् न ।’ जवाफमा शाहरुखले भने, ‘मलाई विराट कोहली धेरै मन पर्छ । म सधैं उहाँको सु-स्वास्थ्यको कामना गर्छु। उहाँ मेरा लागि ज्वाइँ जस्तै हुनुहुन्छ।’
अर्को फ्यानले शाहरुखलाई भने, सर, विश्व कपको लागि शुभकामना दिनुहाेस् न । जवाफमा शाहरुखले लेखेका छन्, भारत…भारत…अल द बेस्ट टीम…विश्वकप उत्कृष्ट होस्।









सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया