सिन्धुलीमा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा १० जना घाइते
मेरोन्यूज
२०८० असोज १२ गते ११:०४

काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना भएको छ । उक्त दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक गाडी आज बिहान ७ः५० बजेतिर सडक किनारको नालीमा पल्टिएको थियो ।
दुर्घटनामा परेर घाइते हुनेमा निरकुमार चालिसे, गार्की बस्नेत, कमला घिमिरे, राजन कार्की, मुकुन्द थापा, भुवन थापा, बबिता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल र सरोज थापा छन् ।
उनीहरुलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । चालक तेज बहादुर कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया