धानमा रोग लागेपछि दाङका किसान चिन्तित

तुलसीपुर । फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ ।
“पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भने “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।
कीरा लागेपछि दुई–तीनपटक औषधि छरे पनि त्यसले काम नगरेको तुलसीपुर–७ निवासी किसान धनिराम भुसालले बताए । एग्रोभेटबाट औषधि ल्याएर छर्केको उनको भनाई छ । सो कीरालाई नियन्त्रण गर्न नसकिएमा धान उत्पादनमा गिरावट आउने उनले बताए ।
अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले बताए । “सुरुमा खासै थिएन”, उनले भने, “बीचमा वर्षात् रोकिएपछि रोग देखापरेको हो ।”
धानमा पातको फेद डडुवा, फड्के कीराजस्ता समस्या देखिएको उनको भनाइ छ । किसानले पनि नियमित रेखदेख नगर्दा समस्या भएको उनको भनाइ छ । अहिले उक्त रोग नियन्त्रण गर्नका लागि रासायनिक विषादीको सिफारिस गरिएको र किसानले त्यहीअनुसार प्रयोग गर्ने गरेको उनको भनाइ छ । दाङका सबैजसो ठाउँमा यस्तो समस्या देखिएको उनले बताए ।
















4 die, 5 injured in firing incidents in Karachi
यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया