नेपाल र भारतका विज्ञहरुबीच आज राजधानीमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । पशुबाट मानव तथा मानवबाट पशुमा सर्ने विभिन्न रोगका सम्बन्धमा भइरहेको अनुसन्धान र नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा नेपाल र भारतका भेटेरिनरी पब्लिक हेल्थ क्षेत्रका विज्ञले छलफल थालेका छन् । नेपाल र भारतका भेटेरिनरी पब्लिक हेल्थ एशोसिययको संयुक्त आयोजनामा आजदेखि राजधानीमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।
सम्मेलनमा खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य, पशुस्वाथ्यलगायत क्षेत्रमा भइरहेका अनुसन्धान, त्यसले ल्याएको नतिजा, आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने भेटेरिनरी पब्लिक हेल्थ एशोसियसन नेपालका अध्यक्ष डा मुकुल उपाध्यायले जानकारी दिए उनका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका करिब एक सय ५० विज्ञको सहभागिता छ । सम्मेलनका क्रममा ५० भन्दाबढी कार्यपत्र प्रस्तुत हुनेछ ।
छलफलको निष्कर्ष नेपाल र भारतका सरकारलाई बुझाउने डा उपाध्यायाको भनाइ छ । राष्ट्रिय भेटेरिनरी सेवालाई सवलीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उनले बताए । “धेरै रोग पशुबाट मानवमा र मानवबाट पशुमा सर्ने पाइएको छ । यसलाई नियन्त्रण गर्न एक देशले मात्रै नसक्ने भएकाले क्षेत्रीय प्रयासको खाँचो आवश्यक छ”, उनले भने “त्यसका लागि नेपाल र भातरका भेटेरिनरी पब्लिक हेल्थ क्षेत्रसँग सम्बन्धित विज्ञको सम्मेलन आयोजना गरिएको हो ।”
सम्मेलनका क्रममा दक्षिण एसिया क्षेत्रमा पशुबाट मानवमा सर्ने रोग, त्यसको नियन्त्रण तथा त्यस्ता रोगका सम्बन्धमा भएका अनुसन्धानलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, डिन, उपकुलपतिलगायतको सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्यसुरक्षालगायत क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका हुन् । जुनेटिक (जनावरबाट मानिसमा र मानिसबाट जनावरमा सजिलैसँग सर्न सक्ने रोग) र अन्य सङ्क्रामक रोगको नियन्त्रण तथा खाद्य सुरक्षामा जनस्वास्थ्य र पशुचिकित्सा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले जनस्वास्थ्य क्षेत्रलाई सबल बनाउन सरकार गम्भीर रहेको बताए ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले भेटेरिनरी क्षेत्रको अध्ययन अनुसन्धानमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरेका थिए ।
















थाइल्यान्डको एक विद्यालयमा गोली चल्दा प्रधानाध्यापकको मृत्यु
4 die, 5 injured in firing incidents in Karachi
यस्ता छन् कोशी सरकारको मन्त्रिपरिषद् बैठकका निर्णय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया