आइतबार, वैशाख ६, २०८३

रेसिङ बियोन्ड बोर्डर्स : यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

मेरोन्यूज २०८० असोज १२ गते १५:४८

काठमाडौं । भारतमा सम्पन्न पहिलो मोटोजीपी इभेन्टको रोमाञ्चक साहसिक अनुभव बटुलेर नौजना समर्पित यामाहा उत्साही र बाइकरहरूको टोली आफ्नो यात्राबाट विजयीभावमा नेपाल फर्किएको छ। सेप्टेम्बर २४, २०२३ मा नोएडाको बुद्ध सर्किटमा उद्घाटन भएको बहुप्रतिक्षित मोटोजीपीमा राइडर्स टोलीले सेप्टेम्बर २३ र २४ मा मुटुको ढुकढुकी बढाउने दौडको अनुभव गरेको थियो। त्यसपछि सेप्टेम्बर २७, २०२३ मा उनीहरूले आफ्नो शब्दातीत साहसिक कार्यको उत्कर्षलाई काठमाण्डौ फर्केर बिट मारेको छ ।
रेसिङ सम्पदाका लागि प्रख्यात यामाहा नेपालमा रेसिङ संस्कृतिको प्रवर्द्धन र विकास गर्न अथक रूपमा समर्पित रहेको जनाएको छ । यामाहा नेपालले यामाहा मालिकहरूका लागि मोटोजीपीको प्रत्यक्ष साक्षी बन्ने अविष्मरणीय अनुभवमा सहभागी हुने विशेष अवसरको गर्विलो घोषणा पनि गरेको छ । यो कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र नदेखाई खुल्ला सडकहरूमा ब्रान्डको गहिरो माया बाँड्ने राइडर्सको अटल जोशलाई पनि उत्सवका रूपमा मनाएको थियो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यस रोमाञ्चक यात्रामा सहभागी हुने राइडरहरुमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की, तारा खड्का र मार्शल प्रमोद श्रेष्ठ थिए।

प्रतिक्रिया