ग्यालेक्सी टेलिभिजनका अध्यक्ष राईविरुद्ध पर्साबाट पनि सहकारी ठगीमा पक्राउ पुर्जी

काठमाडौं । देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) र कुमार रम्तेलविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले राई र रम्तेलसहित १३ जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ ।
राईसहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयल पर्साको प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरीको आधारमा सहकारीका संस्थापक राईसहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला अदालत पर्साले सानो पाइला बचत तथा ऋण सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जीबी राई), वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर विरुद्ध पक्राउ पुर्जी जारी भएको थापाले बताए । सहकारीका पूर्व कोषाध्यक्ष कुमार रम्तेलविरुद्ध पक्राउ पुजी जारी भएको छ ।
यस्तै सहकारीका सञ्चालक समिति सदस्यहरु देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सहकारीकी पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । कर्जा अधिकृत राधेचन्द्र यादव भने पक्राउ परेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते एक सूचना जारी गरी १५ भदौसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीमा ९७१ जनाले उजुरी दिंदा १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग भएको प्रहरी कास्की प्रहरीले जनााएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया