सात दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन कर्मचारीहरुलाई सामान्यको निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर निर्देशन दिएको छ ।
मन्त्री अनिता देवीले शुक्रबार सरकारका सबै मन्त्रालयहरूबाट कानुनबमोजिम सरुवा, पदस्थापन, काज सरुवा वा काज फिर्ता गरिएका कर्मचारीहरूलाई एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएकी मन्त्रालयका शाखा अधिकृत जयराम गजुरेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सरुवा गरिएका, काज खटाइएका वा फिर्ता गरिएका, कर्मचारी समायोजनबाट खटाइएका कर्मचारीहरूले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले एक साताभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।
कर्मचारीहरू खटाइएको ठाउँमा नजाँदा सार्वजनिक सेवा प्रवाहमा असर पुगिरहेको पाइएपछि मन्त्रालयले यस्तो निर्देशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

















नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया