छुरा प्रहार गरेर लिम्बूको हत्या

झापा । दमकमा छुरा प्रहार गरेर इलाम चुलाचुली–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्या भएको छ । लिम्बूलाई शुक्रबार बिहान दमक नगरपालिका–१ स्थित कुमाल चोकमा छुरा प्रहार भएको हो ।
प्रारम्भीक अनुसन्धानबाट दमक– ७ का २५ वर्षीय सनम राईले उनीमाथि छुरी प्रहार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
छुरा प्रहारबाट लिम्बूको घाँटी, पाखुरामा गम्भीर चोट लागेका लिम्बूलाई उपचारका लागि लाइफलाइन अस्पताल पु¥याउने बित्तिकै डक्टरहरूले मृत घोषणा गरेका थिए ।
प्रहरीले मृतक लिम्बूसहित केही व्यक्तिहरू एक होटलमा बसेर मादक पदार्थ सेवन गर्दैगर्दा पिसाब फेर्ने निहुमा झगडा हुँदा लिम्बूमाथि छुरा प्रहार भएको हो ।
सँगै बसेका केहीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको र सनमसहित केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया