कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिएर केन्द्रको गठबन्धन भत्काउने एमालेको कसरत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारलाई मुख्यमन्त्रीमा सघाउन तयार भएको छ । तर, त्यसका लागि एमालेले कांग्रेससमक्ष एउटा सर्त राखेको नेताहरू बताउँछन् । कोशीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा परिवर्तन गरेर केदार कार्कीलाई बनाउने प्रस्ताव पनि एमालेको रहेको निकटस्थ स्रोतले बतायो ।
ठूलो दलको नेताको हैसियतमा कोशीको मुख्यमन्त्री बनेका एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा रहेका कार्कीले विश्वासको मत पाउने सम्भावना नगन्य छ । तसर्थ एमालले अर्को चरणमा कांग्रेसलाई मुख्यमन्त्रीमा सघाएर केन्द्रको गठबन्धनमा दरार ल्याउने प्रयास थालेको हो ।
एमालेसँग ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । एमालेसँग रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि एमालेलाई साथ नदिने संकेत गरेपछि एमाले यस्तो रणनीतिमा लागेको एक नेता बताउँछन् ।
राप्रपाका ६ सांसदले मत दिँदासमेत कार्कीको पक्षमा बहुमत पुग्दैन ।
एमालेकै उपसभामुख रहेको र सभामुख नभएका कारण प्रदेशसभा सञ्चालन उपसभामुखले गर्नुपर्ने भएकाले त्यसमा पनि एक मत घट्छ । त्यसो हुँदा सभाध्यक्ष सिर्जना दनुवारले मतदान गर्न पाउने छैनन् । त्यस्तो अवस्थामा एमालेसँग एक सीट घटेर ३९ मात्रै हुन्छ । यस्तो अवस्थामा बहुमत नपुग्ने देखेको एमाले कांग्रेसलाई मुख्मन्त्रीमा सघाएर केन्द्रको गठबन्धनलाई धक्का दिने प्रयासमा लागेको हो ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा बनेको सरकारले विश्वासको मत नपाएपछि उपधारा ५ मा झर्नेछ । त्यही उपधारा ५ मा एमालेले आफ्नो रणनीतिक चाल अपनाउन खोजेको एमाले कोशीका एक नेताले जानकारी दिए । त्यसका लागि एमाले नेताहरू कांग्रेससँग निरन्तर संवादमा रहेका कांग्रेसका एक नेताले जानकारी दिए ।
एमाले नेताहरुले कांग्रेसका नेतासँग अनौपचारिक संवाद गरे पनि अहिलेसम्म ग्रिन सिङ्नल पाइसकेका छैनन् ।
कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली नै लागेको निकटस्थ स्रोतले बतायो । स्रोतले ओलीले अनौपचारिक रूपमा यसबारे कांग्रेसका नेता डा. शेखर कोइरालासँग पनि कुराकानी गरेको बतायो । डा. कोइरालाले ओलीलाई हुन्छ, हुन्न कुनै जवाफ नदिएको पनि स्रोतले बतायो ।
महामन्त्री गगन थापासँग पनि निकट रहेका कार्कीलाई पनि त्यसका लागि रणनीति अघि बढाउन ओलीले सिकाएको पनि कार्की निकट स्रोतले बतायो ।
प्रदेश सभामा कांग्रेसका २९ सांसद छन् । ती २९ मध्ये कोइराला र देउवा समूहका सांसद १०–१० जना छन् । प्रदेश सभामा कृष्ण सिटौला समूहका सांसद ९ जना छन् ।
अहिले देउवा र सिटौलाको समूह एकै स्थानमा छन् ।
कांग्रेसभित्र पनि पहिला दुईपटक मुख्यमन्त्री भएका उद्धव थापालाई उम्मेदवार बनाउन नहुने इतरसमूहका नेताहरुको लविङ छ । दुईपटकसम्म संविधान उल्लघंन गर्ने थापालाई अगाडि सार्न नहुने इतर समूहको तर्क छ ।
कोशीमा एमाले समर्थनमा कांग्रेसको मुख्यमन्त्री बनेमा केन्द्रमा पनि वर्तमान गठबन्धनमा दरार आउने ओलीको बुझाइ छ ।

















जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
पाकिस्तानकाे अमेरिकी वाणिज्य दूतावासमा आक्रमण : ८ जनाको मृत्यु, थुप्रै घाइते
प्रतिक्रिया