शनिबार, माघ २४, २०८२

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

मेरोन्यूज २०८० असोज १३ गते ११:१३

सुर्खेत। मोटरसाइकलको ठक्करबाट सुर्खेतमा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

दुर्घटनामा दैलेखको आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो ।

वीरेन्द्रनगरको एरिचोक–मुलपानी खण्डमा मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली केयर अस्पतालमा लिइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । आफन्तहरूले भने अहिले वीरेन्द्रनगरको मुख्य सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया