अनमोल केसी हिरासत बस्न नमानेपछि प्रहरीले पुर्यायो चिरायु अस्पताल

काठमाडौँ । शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसी हिरासतमा बस्न नमानेपछि प्रहरीले उनलाई चिरायु अस्पतालमा पु¥याएको छ । ‘आपराधिक विश्वासघात’ को आरोपमा काभ्रेको साँगाबाट पक्राउ परेका केसी हिरासत बस्न नमानेपछि शुक्रबार साँझ नै चिरायु अस्पतालमा भर्ना गरिएको हो ।
केसीलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगोलले जानकारी दिए।
प्रह्रीले केसीलाई दोलखा पुगेर फर्किंदै गर्दा बाटोबाटै नियन्त्रणमा लिएको थियो । सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राख्ने तयारी प्रहरीले गरे पनि केसीले नमानेपछि अस्पतालमा भर्ना गरिएको हो । केसीले आफूलाई हिरासत नराख्न पटक–पटक आग्रह गरेका प्रहरी अधिकृतहरू बताउँछन् ।
महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका केसीको सुरक्षामा एक जना प्रहरी अधिकारी खटाइएको प्रहरीले जनाएको छ ।
भोलि जिल्ला अदालत काठमाडौं उपस्थित गराउने र अदालतले अनुमति दिए हिरासतमै राखेर थप अनुसन्धान अघि बढाउने तयारी प्रहरीको छ । तर पीडितसँग सहमति भए वा हिरासतमा राख्न अदालतले अनुमति नदिए आइतबार नै छुट्ने सम्भावना छ।
रावायण’ नामको फिल्मको अभिनयका लागि अनमोलले निर्मातासँग १० लाख रुपैयाँ लिइसकेका थिए। अनमोल र निर्माताबीचको सम्झौता अनुसार बुधबारदेखि नै फिल्म सुटिङ सुरु भइसक्नु पर्ने हो।
तर फिल्म सुटिङ सुरु गर्ने बेलामा अनमोलले आलटाल गरेपछि निर्मातासँग विवाद बढेको थियो। त्यसपछि अनमोलविरुद्ध जाहेरी दिन निर्माता पक्ष उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको थियो।
अभिनेता केसीविरुद्ध जाहेरी लिएर आएपछि प्रहरीले केसीलाई सम्पर्क गरेर छलफलका लागि बोलाएको थियो।
निर्माताले भने फिल्म सुटिङका लागि एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ। ६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन्।
फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिक बापत दिएको रकम फिर्ता मागेका थिए। तर प्राविधिकहरुले त्यो रकम घर खर्च भइसकेको र तिर्न नसक्ने काम गर्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी कार्यालय पुगेका थिए।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया