काठमाडौँ र रसुवाबाट ३.७ किलो सुन बरामद, फिलिपिनी महिलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँ र सरुवाबाट शनिबार तीन किलो ७ सय ग्राम सुन बरामत गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो र रसुवाको स्याफ्रुबेंसीबाट तस्करीको १ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
सुनसहित प्रहरीले एक फिलिपिनी महिला र दुई नेपालीलाई पक्राउ गरेको छ ।
प्रहरीले शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिनी महिलाबाट प्रहरीले २.७ किलो सुन बरामद गरेको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए ।
आगमन कक्षमा महिलामाथि शंका लागेर चेकजाँच गर्दा भित्री वस्त्रमा लुकाएर ल्याएको सुन बरामद भएको चन्दले जानकारी दिए ।
प्रहरीले सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलेको छैन ।
त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंबाट खटिएको टोलीले ले शनिबार बेलुकी रसुवाको स्याफ्रुबेंसीस्थित वेत्रावती पुलबाट एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
१ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङलाई पक्राउ गरिएको सिआईबी प्रमुख एआईजीपी किरण बज्राचार्यले जानकारी दिइन् ।
उनीहरुले सुन मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद भएको हो ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया