बाख्राले बाली खाएको निहुँमा खुर्पा प्रहार गरेर हत्या
मेरोन्यूज
२०८० असोज १३ गते १९:३०

धादिङ । धादिङमा बाख्राले बाली खाएको रिसमा एक जनाले वृद्धामाथि खुर्पा प्रहार गरेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको नेत्रावती गाउँपालिका ४ हल्दारेकी ७२ वर्षीया सुकमाया गुरूङमाथि खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका ३६ वर्षीय मंगल गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । सुकमाया आफ्नै घर नजिक सडकमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगी अनुसन्धान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी टोड्केबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।
साथै थप सोधपुछको क्रममा पुरानो रिसइवी तथा बाख्राले बाली खाएको विषयमा खुर्पा प्रहार गरी हत्या गरेको आरोपितले बयान दिएका छन् ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया