माल्दिभ्सलाई हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा
मेरोन्यूज
२०८० असोज १४ गते १०:०६

काठमाडौँ । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले मल्दिभ्सलाई १ सय ३८ रनले हराएको छ ।
नेपालले दिएको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा मात्र ७४ रन बनाइ अलआउट हुन पुगको हो ।
माल्दिभ्सका लागि मुयावियाथ अब्दुल घानीले सर्वाधिक रन ३६ तथा रसम रासिदले १२ र सिउस फरिदले १० रन बनाए ।
नेपालका लागि अविनाश बोहराले ६ तथा सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, गुल्सन झाले १/१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाएका थिए ।
यो जितसँगै नेपाल एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल पुगेको छ ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया