दोलखाको लामाबगरमा तस्करीको ४ किलो सुन बरामद

दोलखा । दोलखा प्रहरीले चिनीयाँ नाकाबाट तस्करी गरेर ल्याएको थप ४ किलो सुन बरामद गरेको छ । विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो ४ किलो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक खड्काले जानकारी दिए ।
‘लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा फेला पारेका छौं,’ खड्काले भने, ‘तर सो सुन तस्करी गरी लुकाउने व्यक्ति पहिचान भएको छ ।’
लुकाउने व्यक्तिको पहिचान भए पनि उनी फरार रहेको प्रहरीले जनाएको छ । आज बरामदसहित प्रहरीले ११ किलो सुन बरामद गरेको छ ।
प्रहरीले सुन तस्करीमा संलग्न २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा विगु गाउँपालिका–१ लामाबगर ३० वर्षीय चसमान तामाङ र अन्दाजी २७ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ । सुन तस्करीमा संलग्न रहेको ओरोपमा चसमानलाई लामाबगरबाट आइतबार र राजलाई काठमाडौंबाट शुक्रबार पक्राउ गरी दोलखा ल्याइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।
विगु गाउपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको सुन बुधबार ४ किलो र शुक्रबार ३ किलो सुन प्रहरीले पक्राउ गरेको थियो ।
फलाकबाट चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानमा प्रहरीले निगरानी बढाएको छ । तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया