सोल्टी होटलको सेयर बेचेर जहाज खरिद गर्न निगमलाई क्षेत्री समितिको सुझाव

काठमाडौँ । निगम सुधारका लागि दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको बनाइएको सुझाव समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री गरी नयाँ जहाज खरिद गर्न सुझाव दिएको छ।
समितिले प्रतिवेदन बुझाउँदै होटलको १ करोड ३ लाख कित्ता सेयर बिक्री गरेर जहाज किन्न सुझाव दिएको हो । ‘निगम नेपाल सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था भएकाले नेपाल सरकारको पूँजी थप गरी आवश्यक मात्रामा जहाज थप गर्नुपर्ने देखिन्छ,’ समितिको प्रतिवेदनमा उल्लेख छ।
अध्ययन प्रतिवेदनमा निगमको सोल्टी होटल लिमिटेडको शेयर कित्ता स्वामित्व संख्या १ करोड ३ लाख ३३ हजार ६९९ रहेको र जसको अहिलेको बजार मूल्य अनुसार साढे ४ अर्ब रुपैयाँ हुने उल्लेख छ। सोल्टी होटलको शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग सकिने प्रतिवेदनमा उल्लेख छ।
समितिले नेपाल वायुसेवा निगमलाई विद्युत प्राधिकरणको मोडालिटीमा सञ्चालन गर्न संरचनात्मक सुधारको सुझाव दिँदै जहाज थप गर्नैपर्ने प्रतिवेदन बुझाएको हो। ‘बक्यौता रहदाँको प्रतिकुल असर निगमको नगद प्रवाहमा परिरहेको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘उठाउनुपर्ने रकम उठेमा नयाँ विमान खरिदमा सहयोग पुग्ने हुँदा निगमले तदारुकता साथ आफ्नो रकम उठाउनुपर्छ।’
व्यवस्थापन सुधारका लागि सरकारले पूँजी निगममा थप पूँजी लगानी गरी निगमलाई प्रतिस्पर्धीबीच लाभको अवस्थामा पु¥याउनुपर्ने प्रतिवेलनमा सुक्रा दिएइएको छ।
समितिलाई विभिन्न ८ वटा क्षेत्रमा अध्ययनगरी सुधारका लागि सिफारिस पेश गर्न कार्यदेश प्रदान गरेको थियो। पूर्व गभर्नर क्षेत्री संयोजक रहेको समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई र साहारा नेउपाने सदस्य थिए ।
प्रतिवेदनमा निगमको संचित कूल ऋण ४८ अर्ब ३ करोड रहेको उल्लेख छ। ऋणभारलाई घटाउन निगमले व्यापार वृद्धिगरी ऋणभार घटाउने र सहुलियत ब्याजदरको ऋण प्राप्त गर्ने उपायको खोजी गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।

















एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
टिपरको ‘हाइड्रोलिक’ उठाउँदा करेन्ट लागेर चालकको मृत्यु
NC President Thapa urges party candidates, cadres to lend ears to all voters
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए
Two people killed in road accidents, four found dead in different locations
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
प्रतिक्रिया