आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता केसी रिहा

काठमाडौँ । आपराधिक विश्वासधातको आरोपमा शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसी रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले आजसम्म हिरासतमै राख्न र भोलि उपस्थित गराउने आदेश दिए पनि केसीलाई आजै छाडिएको हो ।
काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले अनुसन्धान अधिकृतले हाजीरी जमानीमा छाड्न सक्ने भएकाले उनलाई छोडिएको जानकारी दिए ।
‘बयान सकिसक्यो। प्रमाण लुकाउनपर्ने चिज केहीपनि छैन,’ एसपी ढुंगेलले भने, ‘अनुसन्धान अधिकृतले हाजिरी जमानीमा छाड्नसक्छ। त्यही भएर आज उनलाई छाडियो ।’
केसीलाई प्रहरीले शुक्रबार साँझ काभ्रेको साँगाबाट पक्राउ गरिएको थियो। उनी प्रहरीको हिरासतमा बस्न नमानेपछि महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई अस्पतालबाटै आइतबार प्रहरी परिसर टेकु लगिएको थियो।
उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। टेकुमा उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका थिए।
तर, चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि खेल्दिनँ भनेको बताएका थिए । आफ्नो खातामा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले नमानेको केसीले प्रहरीलाई बयान दिएका थिए ।
केसीले निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको १ करोड ५ लाख रुपैयाँसमेत आफूबाट तिराउन खोज्नु अन्याय हुने बताएका थिए।
















इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया