यौन दुर्व्यवहारको आरोप लागेपछि एसएसपी पालले दिए राजीनामा
मेरोन्यूज
२०८० असोज १५ गते ११:०५

काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । एसएसपी पालले राजीनामा दिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले पुष्टिी गरेका छन् ।
उनको राजीनामा स्वीकृतका लागि प्रहरीले गृहमनत्रालय पठाएको छ ।
डीआईजी कडायतले भने– ‘पालले राजीनामा दिनुभएको छ, राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ ।’
सुदूरपश्चिम प्र्देश कार्यालयमा रहँदा एसएसपी पालले सहकर्मी महिलामाथी दुर्व्यवहार गरेको भन्दै एकजना उजुरी परेको थियो । महिला सहायक हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् । त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ । छानबिनका लागी गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया