शिक्षासेवी सम्मानित र शिक्षा पत्रकार पुरस्कृत

काठमाडैँ । शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा शिक्षा र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरू सम्मानित र पुरस्कृत भएका छन् ।
आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले सम्मान र पुरस्कार प्रदान गरेका हुन् । समाजले रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार नागरिक दैनिकका पत्रकार रूवी रौनियारलाई प्रदान गरेको छ । उक्त पुरस्कार समाजसेवी एवं उद्यमी गोपी कँडेलबाट रु दुई लाख २२ हजार कोषमा हस्तान्तरण गरी सुरु गरिएको थियो ।
कार्यक्रममा शिक्षा सम्मान काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनका डीन डा बालचन्द्र लुइँटेल, डीन, केन्द्रीय बहिरा क्याम्पसका प्रमुख ऋषिराम देवकोटा, नुवाकोटको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने, जापानको एभरेष्ट इन्टरनेशनल स्कुल, बालविकास प्रशिक्षक एवं अङ्कुर प्रि–स्कुलका प्रिन्सिपल सिर्जना पोखरेल र सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापालाई प्रदान गरिएको छ ।
त्यसैगरी कैलालीको न्यू स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल परशुराम शर्मा भण्डारी, सप्तारीको भवानीप्रसाद सकलप्रसाद रामप्रसाद जनता माविका लेखापाल भगवती चौधरी, संयुक्त अधिराज्य बेलायतको पहार ट्रष्ट नेपालका निर्देशक एलन स्वीट म्यान र धनुषाको आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहलाई पनि शिक्षा र रुपान्तरणका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभाका प्रस्तुत विद्यालय शिक्षासम्मन्धी विधेयकमाथि सरोकारवाला र विज्ञका धारणा प्रस्तुतीकरण गरिएको छ ।


















पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया