जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ९ जना पक्राउ
मेरोन्यूज
२०८० असोज १५ गते १३:३४

झापा । झापामा जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।
विर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीय धिरज अग्रवालको घर गोदाममा जुवातास खेलिरहेको अवस्थामा अग्रवाल समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै काठमाडौंको टोखा नगरपालिका-३ थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय २० रूपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित आइतबार राति पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया