विदेशबाट आउदा अन्य ब्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नजिकिदै गरेको चाडपर्वमा विदेशबाट फकिर्ने नेपालीहरुले आफ्नो व्यक्तिगत प्रयोगका सामान बाहेक अन्य सामान नल्याउन सुचित गराएको छ ।
विभिन्न मुलुकबाट स्वदेश फर्किने क्रममा नेपाली नागरिकहरुलाई विदेशका विमानस्थलमा केहि व्यक्ति तथा समुहले विभिन्न प्रलोभन देखाई मालसामान ( जस्तै; ल्यापटप, मोबाइल, सुन, घडी आदि )नेपालको विमानस्थलसम्म पु¥याइदिनु भन्ने गरेको सूचना प्राप्त भए सगैं त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उक्त प्रलोभनमा परि परिचित तथा अपरिचित व्याक्तीको मालसामान नल्याउन आग्रह गरेको हो।
स्वदेश फर्किने क्रममा आफ्नो व्यक्तिगत प्रयोगका सामान ( कानुन बमोजिम छुट पाउने) बाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउन कार्यालयले अनुरोध गरेको हो ।
साथै विदेशबाट फर्किदा यात्रुले ल्याउन पाउने सामान तथा सुविधाका बारेमा नेपाल सरकार अर्थमन्त्रालयले जारी गरेको सूचना भन्सार विभागको वेवसाइट तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको फेसबुक एकाउण्टमा गई पढ्न र जानकारी लिन सक्ने कुरा सबैमा सूचित गराएको छ ।

















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया