गौशालामा हुसेनमाथि आक्रमण गर्ने सहानी पक्राउ

काठमाडौं । सोमबार दिउँसो गौशालामा पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्ने मध्ये एक जना पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न सिकिलदेव सहानीलाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए।
घटनापछि ट्याम्पो चढेर भागेका उनलाई सोमबार साँझ पक्राउ गरिएको एआईजीपी थापाले जानकारी दिए । घटनामा संलग्न अर्का एक जनाको पनि पहिचान भइसकेको प्रहरीले बताएको छ ।
एआईजी थापाले उनीहरुबीच करिब एक लाख रकम लेनदेनको विवाद देखिएको र त्यही लेनदेनका कारण नै हुसेनमाथि आक्रमण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा भेटाएको बताए ।
उसेनमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु घटनास्थलमै छाडेर आक्रमणकारी भागेका थिए। घाइते हुसेनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ।
गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। बाराको कलैया नगरपालिका–२१ घर भइ हाल कोटेश्वर बस्दै आएका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया