समिक्षा अधिकारीको ‘हाई गर्मी’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका समिक्षा अधिकारी र गायक अभिनय निरौलाको स्वरमा रहेको ‘हाई गर्मी’ बोलको रोमाण्टिक गीत सार्वजनिक भएको छ।
गायक अभिनय निरौलाको शब्दमा रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्ध गरेका हुन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा प्रोमिस गौतम र अन्जना राउतबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोलाई संदेश रिमालले कोरियोग्राफी गरेका हुन्।
सुबिन गोदार र एलेक्स पुडासैनीले भिडियोलाई छायाँकन गरेका हुन्। बिष्णु खड्काले सम्पादन गरेको भिडियोलाई मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो।
साउथ अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ‘अन्तै मबाट’, ‘घिर्लिङ, ‘मानवतस्कर’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।
साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया